हेटौंडा । हेटौंडामा मोबाइल विक्री र मर्मतका लागि चर्चित ‘द सिलिकन सोलुसन’ प्रालिले १३ वर्ष पुरा गरी १४ वर्ष प्रवेशको अवसरमा अनाथ बालबालिकाहरूलाई सहयोग गरेको छ ।
आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा शुक्रवार ‘द सिलिकन सोलुसन’ ले ‘मामाघर नेपाल’ मा रहेका अनाथ बालबालिकाहरूका लागि २३ हजार ६४० नगद सहयोग गरेको हो ।
सोलुसनको ‘सो रुममा’ राखिएको बाकसमा सङ्कलित रकम र सोलुसनको तर्फबाट थप रकम सहित २३ हजार ६४० नगद सहयोग अध्यक्ष आचार्यले मामाघर नेपालका संरक्षक अर्पण पराजुलीलाई प्रदान गरेका हुन् ।
सोलुसनका अध्यक्ष छतेन्द्र आचार्यले व्यवसायसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक काममा पनि संस्थालाई समयानुकूल जोड्दै लग्ने कर्तव्य सबैले निर्वाह गर्नु पर्ने बताए ।
सोलुसनले सहयोगका लागि राखेको बाकसमा १३ हजार ६४० रुपैयाँ जम्मा भएको थियो । सो रकममा नगद १० हजार थप गरेर हस्तान्तरण गरिएको हो ।
आचार्यले शुक्रवार बिहान नै भुटनदेवी मन्दीरमासमेत १५ हजार बराबरको स्ट्यान्डसहित गमलामा फुल राखेर हस्तान्तरण गरेका थिए ।
सोलुसनका अध्यक्ष आचार्यले आगामी वर्ष भने बक्समा नियमित रूपमा सङ्कलित रकम र अन्य थप रकम गरेर राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्ने घोषणासमेत गरेका छन् ।
सो कार्यक्रममा मोबाइल एसोसिएसन अफ नेपाल (म्यान) मकवानपुरका अध्यक्ष दिनेश लामासहित म्यान मकवानपुरका पदाधिकारीको उपस्थिति थियो ।