arrow

समस्यामा परेका जलविद्युत् आयोजनालाई पुन:कर्जाको सुविधा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १२ शनिबार
NRB.JPG
फाइल तस्बिर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुन:कर्जा उपलब्ध गराउने भएको छ। केन्द्रीय बैङ्कले शुक्रवार ‘नेपाल राष्ट्र बैङ्क पुन:कर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो।

निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रूपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ।

कूल १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्म पुन:कर्जा प्रदान गरिनेछ। अध्ययन समितिले १० मेगावाट भन्दा साना विभिन्न ३५ आयोजनामा समस्या रहेको निष्कर्ष निकालेको थियो। कोरोनाका कारणले समस्यामा परेका आयोजनालाई पनि यस्तो सुविधा उपलब्ध हुनेछ।

केन्द्रीय बैङ्कले प्रतिग्राहक रु १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, रु पाँच करोडसम्मका विशेष र साधारण पुनरकर्जा उपलब्ध गराएको छ। उक्त कर्जा क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्ट रूपमा प्रदान गरिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ