arrow

इटली र डेनमार्क युरोकपको क्वार्टर फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
Euro-italy-2020.jpg
तस्विर साभार: युईएफए (फेसबुक)

काठमाडौं। युरोकप फुटबल अन्तर्गत दोस्रो चरण (राउण्ड अफ सिक्सटिन)का खेलहरु शुरु बएसंगै डेनमार्क र इटली क्वार्टर फाइनल प्रवेश गरेका छन्। डेनमार्कले वेल्सलाई ४-० गोलले पराजित गरेको थियो भने इटलीले अष्ट्रियालाई २-१ गोलले जित हात पर्दै आफ्नो यात्रा तय गरेको छ।

खेलको २७औं मिनेटमा क्यासपर डोल्वर्गले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। उनले ४८औं मिनेटमा अर्को गोल गर्दै खेलको अन्तर २-० बनाएका थिए। उनको दोस्रो गोल पछि वेल्समाथि दबाब बढेसँगै उसको खेल अनियन्त्रित हुन थाल्यो। त्यही कमजोरीको फाईदा उठाउँदै डेनमार्कले थप दुई गोल गर्न सफल भएको थियो। खेलको ८८औं मिनेटमा जोकिम महिलेले गोल गरेका थिए भने ९०+४औं मिनेटमा मार्टिन व्रेथवेटले चौथो गोल गरेका थिए।

डेनमार्कको खेलको अगाडि वेल्सले कुनै पनि समय आफ्नो दबाब कायम गर्न सकेको थिएन । पहिलो हाफमा केही संयमित देखिएको वेल्स दोस्रो हाफमा झन् अलमलिएको देखिएको थियो।

त्यसैगरि अर्को खेलमा इटली र अष्ट्रियाले प्रतिस्पर्धात्मक रूपमा उपस्थित भएका थिए। ९० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेलमा समय थपिएको थियो। उक्त थपिएको समयमा भएका गोलहरूले खेलको निर्णय गरेको थियो।

खेलको ९५ औं मिनेटमा इटलीका फेड्रिको चिएसाले गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए। थपिएको समयको पहिलो हाफको अन्तमा मातियो पेसिनाले गोल गर्दै खेल २-० बनाएका थिए। अष्ट्रियाका लागि खेलको १ सय १४औं मिनेटमा अष्ट्रियाका सास कालद्जिकले गोल गर्दै खेलमा फर्किने सम्भावना कायम राखेका थिए। त्यसपछिका कुनै पनि आक्रमणहरू गोलमा परिणत हुन नसक्दा खेल इटलीले जितेको थियो।

डेनमार्कले क्वार्टर फाइनलमा नेदरल्याण्ड्स र चेक रिपब्लिकको विजेतासँग खेल्ने छ भने इटलीले बेल्जियम र पोर्चुगल बीचको खेलको विजेतासँग खेल्नेछ।

आइतबार २१:४५मा नेदरल्यण्डसले चेक रिपब्लिकको सामना गर्ने छ भने नेपाली समय अनुसार सोमबार ००:४५मा बेल्जियम र पोर्चुगलको खेल हुने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ