arrow

कास्कीमा एक वर्षमा ३२ जुवा खालबाट २१४ जना पक्राउ, करिब २२ लाख रुपैयाँ बरामद

logo
हरि पन्त,
प्रकाशित २०७८ असार १३ आइतबार
distric-police-office-kaski.jpg

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले एक वर्षको अवधिमा ३२ वटा जुवा खालबाट २१४ जना व्यक्ति पक्राउ गरेको छ। यो २०७७ असार ८ गतेदेखि २०७८ असार ८ गतेसम्मको तथ्याङ्क हो। कास्कीबाट हालै सरुवा भएका एसपी जीवन कुमार श्रेष्ठले आज पत्रकार भेटघाटमा यो तथ्याङ्क सार्वजनिक गरेका हुन्।

उनले पक्राउ परेकामध्ये १८१ जना पुरुष र ३३ जना महिला रहेको बताए।

पक्राउ परेकाहरूबाट २१ लाख ८० हजार ४५३ रुपैयाँ बरामद भएको एसपी श्रेष्ठले बताए। उनले कास्कीबाट बिदाइ हुँदै गर्दा पत्रकार भेटघाट कार्यक्रम गरेर एक वर्षको काम कारबाही सार्वजनिक गरेका हुन्।

२०७७ असार ८ गते कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी श्रेष्ठको २०७८ असार ८ गते सरुवा भएको थियो। प्रहरी प्रधान कार्यालयले उनलाई लागू औषध अनुसन्धान ब्युरो काठमाडौँमा सरुवा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ