arrow

बेल्जियम विरुद्धको खेलमा विश्वको आँखा क्रिष्टियानो रोनाल्डोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १३ आइतबार
Euro-Bel-por-2020.jpg

काठमाडौं। बेल्जियम र पोर्चुगलको खेल क्रिष्टियानो रोनाल्डो र रोमेलु लुकाकुको प्रदर्शनमा भर पर्ने आङ्कलन गरिएको छ। युरो फुटबलको दोस्रो चरण (राउण्ड अफ सिक्सटिन)को खेलमा दुई टोली भिड्दै छन्। क्रिष्टियानोले प्रतियोगितामा ५ गोल गरिसकेका छन् भने लुकाकुले तीन गोल गरेका छन्।

तीन खेलमा ९ अङ्क लिएको बेल्जियम समूह 'बी'को विजेता भएर दोस्रो चरण प्रवेश गरेको हो भने 'ग्रुप अफ डेथ'मा रहेको पोर्चुगल तेस्रो भएर माथि उक्लिएको हो। विश्व बरीयतामा पहिलो स्थानमा रहेको बेल्जियमले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। त्यही लय दोस्रो चरणमा देखाए पोर्चुगललाई अफठ्यारो पर्ने आङ्कलन गरिएको छ।

पोर्चुगलका लागि क्रिष्टियानोको प्रदर्शन महत्त्वपूर्ण हुने छ। उनी यो प्रतियोगितामा राम्रो लयमा रहेका छन्। गत युरोको विजेता पोर्चुगलले बेल्जियमलाई राम्रै चुनौती दिने देखिन्छ । क्रिष्टियानो युरो प्रतियोगितामा १३ गोल गर्दै प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीका बनेका छन्। उनले अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १ सय ९ गोल गरेर विश्व कीर्तिमान बराबरी गरेका छन्। इरानका अलि दायीले पनि १ सय ९ गोल गरेका छन्।

पोर्चुगल र बेल्जियमबीचको पछिल्लो पाँच खेलमा पोर्चुगल अपराजित रहेको छ। पाँच खेलमा तीनमा विजयी र दुई खेल बराबरीमा टुङ्गिएको थियो। दुई टोलीबीचको खेल नेपाली समय अनुसार सोमबार ००:४५ बजे हुने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ