arrow

डिफेन्डिङ च्याम्पियन पोर्चुगल बाहिरियो, बेल्जियम क्वार्टरफाइनलमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
euro-2020-portugal-belgium.jpg

काठमाडौं । डिफेन्डिङ च्याम्पियन पोर्चुगल १६ औं संस्करणको युरोकप फुटबलको राउन्ड अफ सिक्सटिनबाटै बाहिरिएको छ । आइतबार राति स्पेनको सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा भएको खेलमा बेल्जियमसँग पराजित हुँदै पोर्चुगल पहिलो नकआउट चरणबाटै बाहिरिएको हो । 

खेलमा पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो । बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे ।

खेलको ४२ औं मिनेटमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका हुन् । थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । 

पोर्चुगलको पटक पटकको गोलको प्रयासलाई भने बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले रोकेका थिए । पोर्चुगलले बल पोसेसन ५५ प्रतिशत राखे पनि कुनै अर्थ रहेन । त्यस्तै बेल्जियमले गोल टार्गेट एउटा गरेकामा गोल गर्न सफल भयो भने पोर्चुगलले ६ वटा प्रहार गरेको थियो । 

पोर्चुगलले ३ वटा कर्नर हान्दा बेल्जियमले एउटा पनि अवसर पाएन । पोर्चुगलले ३ वटा अफसाइड गर्दा बेल्जियमले एउटामात्र गर्यो । 

त्यस्तै बेल्जियमले १४ वटा फाउल खेल्दा पोर्चुगलले ३ फाउल खेल्यो । पोर्चुगलले ३ तथा बेल्जियमले २ वटा पहेँलो कार्ड खायो । 

जितसँगै बेल्जियमले क्वार्टरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । अष्ट्रियालाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराउँदै इटाली क्वार्टरफाइनलमा पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ