arrow

युरो फुटबल: स्पेन र क्रोएसिया भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
CROATIA VS SPAIN.jpg

काठमाडौं। युरोकप फुटबलमा दोस्रो चरण (राउण्ड अफ सिक्सटिन)का खेलहरू जारी रहने क्रममा आइतबार स्पेन र क्रोएसिया भिड्दै छन्। तीन पटकको विजेता स्पेन समूह 'ई'बाट तीन खेलमा ५ अङ्क सहित दोस्रो चरण प्रवेश गरेको हो भने क्रोएसिया समूह 'डी'बाट तीन खेलमा ४ अङ्क सहित दोस्रो हुँदै माथि उक्लिएको हो।

सन् २०१८को विश्वकपको उपविजेता क्रोएसियालाई स्पेनको युवा टोलीले चुनौती दिने विश्लेषकहरूको भनाई रहेको छ। सन् २०१२को युरो जितेपछि ठुला प्रतियोगिताहरूमा राम्रो प्रदर्शन गर्न नसकेको स्पेनका लागि क्रोएसिया विरुद्धको खेल आफूलाई सिद्ध गर्ने चुनौतीका रूपमा रहने छ । सन् २०१८को विश्वकप उपविजेता क्रोएसियालाई पनि विश्व फुटबलमा आफ्नो सम्मानजनक उपस्थितिका लागि स्पेन विरुद्धको जित आवश्यक रहेको छ।

यसअघि युरोकपमा दुई टोलीबीच सन् २०१२ र २०१६ मा खेल भएको थियो। सन् २०१२मा स्पेन विजयी भएको थियो भने २०१६मा क्रोएसियाले जित हात पारेको थियो। दुवै युरोमा दुई टोलीबीच समूह चरणमा भेट भएको थियो। यो खेल नेपाली समय अनुसार आइतबार २१:४५ बजे हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ