arrow

युरो फुटबल: गत युरोको उपविजेता फ्रान्सको आँखा उपाधिमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
FRANCE VS SWITZERLAND (1).jpg

काठमाडौं। सन् २०१८को विश्वकप विजेता र युरो २०१६को उपविजेता फ्रान्सले स्विजरल्याण्डको सामना गर्दै छ । दोस्रो चरण (राउण्ड अफ सिक्सटिन)को खेलमा दुई टोलीबीच खेल हुने भएको हो। गत युरोमा पोर्चुगलसँग पराजित फ्रान्स उपाधि जित्ने लक्ष्यका साथ प्रतियोगितामा समावेश भएको छ।

समूह चरणमा तीन खेलमा ५ अङ्क सहित पहिलो हुँदै दोस्रो चरण प्रवेश गरेको फ्रान्सले समूह चरणमा ४ अङ्क सहित तेस्रो हुँदै दोस्रो चरण प्रवेश गरेको स्विजरल्याण्डको सामना गर्ने छ। पोर्चुगलसँग २-२ गोलको बराबरी खेलेको फ्रान्सका लागि करिम बेन्जेमा लयमा रहेका छन्। उनलाई रोक्नु स्विजरल्याण्डका लागि चुनौती हुनेछ। त्यसैगरि पल पोग्बा पनि खेलमा स्विजरल्याण्डका लागि टाउको दुखाइ हुनेछन्।

स्विजरल्याण्डका जेद्रान शकिरी पनि लयमा रहेका छन्। उनले यही प्रतियोगितामा टर्की विरुद्ध दुई गोल गरेका थिए। शकिरीलाई रोक्न सके फ्रान्सलाई सहज हुने छ। दुई टोलीबीच विश्वकप र युरोकप गरेर चार पटक भेट भएकोमा फ्रान्सले दुई पटक जित हात पारेको छ भने दुई खेल बराबरीमा टुङ्गिएको थियो।

दुई टोलीबीचको केल नेपाली समय अनुसार सोमवार ००;४५ बजे हुने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ