arrow

सन्दीपले गरे पहिरो पीडितलाई सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
sandip.jpg

सिन्धुपाल्चोक । नेपाली लिग स्पिनर सन्दीप लामिछानेले सिन्धुपाल्चोकको लिदि पहिरोपीडितलाई सहयोग गरेका छन् । उनले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गरेका हुन् ।
 
आज चौतारा पुगेर सो सहयोग जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख अरुण पोखरेललाई लामिछानेले हस्तान्तरण गरे ।  हस्तान्तरण गरिएका सामग्रीमा जस्ता, फलामे ट्रस, पोल लगायत चार लाख बराबरका सामान छन । 

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार विपद व्यवस्थापन समितिको पहल मार्फत बाह्रबिसे, बासखर्क र भोटेकोसीमा १०० वटा टहरा बनाउने लक्ष्य अनुसार उक्त सामाग्री प्राप्त भएको जानकारी दिए ।

त्यसैगरी लामिछानेको टोलीले मेलम्ची बाढीबाट प्रभावितका लागि मेलम्चीमा स्वास्थ्य शिविर पनि संञ्चालन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ