arrow

युक्रेन क्वार्टरफाइनलमा, स्वीडेन बाहिरियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १६ बुधबार
euro-2020-ukraine.jpg

काठमाडौं । युक्रेन १६ औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको राउण्ड अफ सिक्सटिनको अन्तिम खेलमा स्वीडेनलाई पराजित गर्दै युक्रेन क्वार्टरफाइनलमा पुगेको हो । 

स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा स्वीडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो  । युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे । स्वीडेनका इमिल फोर्सवर्गले एक गोल फर्काए ।

निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटको खेलको अन्तिम मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई जिताए । 

यसअघि २७ औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै युक्रेनलाई शुरूआती अग्रता दिलाएका थिए ।  ४३ औं मिनेटमा फोर्सवर्गले गोल गर्दै स्वीडेनलाई १–१ को बराबरीमा ल्याएका थिए । 

९८ औं मिनेटमा स्वीडेन १० खेलाडीमा समेटिएको थियो । युक्रेनका अर्टिमलाई खराब ट्याकल गरेपछि मार्कुस डानिलसनले रातो कार्ड पाएका थिए ।

पचपन्न वर्षपछि इङ्गल्याण्डले पहिलो पटक जर्मनीलाई हरायो नकआउट चरणमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ