- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । डोटीमा करेन्ट लागेको १२ दिनपछि एक पुरुषको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर २ बस्ने ५१ वर्षीय रणबहादुर थापाको मृत्यु भएको हो।
असार ६ गते बिहान घर नजिकै घाँस काट्ने क्रममा रुखको हाङ्गोले बिजुलीको तारलाई छोएपछि थापालाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ। उपचारका लागि धनगढीको निसर्ग अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बुडरका प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए।
अस्पतालले पनि उनको उपचार सकिएपछि घर पठाएको चन्दले बताए। तर करेन्ट लागेको १२ दिनपछि थापाको शुक्रवार बिहान आफ्नै घरमा मृत्यु भएको हो। थापाको मृत्यु भएपछि स्थानीय समेत आक्रोशित भएका थिए।
तर कानून बमोजिम क्षतिपूर्ति उपलब्ध गराउने विद्युत् कार्यालय र स्थानीयबिच सहमति भएको प्रहरीले जनाएको छ। उनको पोस्टमार्टमका डडेलधुरा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।