arrow

इटाली अपराजित ३२ खेलको कीर्तिमान रच्दै युरोकपको सेमिफाइनलमा, बेल्जियम बाहिरियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १९ शनिबार
euro-2020-italy-belgium-quarterfinal.jpg

काठमाडौं । इटाली १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वार्टरफाइनलमा  फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा पुगेको हो । 

जर्मनीको एलिनाज स्टेडियममा भएको खेलमा इटाली २–१ गोल अन्तरले विजयी भएको हो । इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए ।

खेलको ३० औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई शुरूआती अग्रता दिलाए । खेलको ४४ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई २–० को अग्रता दिलाए । 

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए । 
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल इटालीले २(१ ले आफ्नो बनायो ।

यस जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमानसमेत बनाउन सफल भएको छ । सन् २०१८ को विश्वकपमा छनोट हुन नसकेको इटालीले त्यसयता भने अपराजित यात्रालाई कायमै राखेको छ । 

इटालीले  ८२ वर्ष अगाडि राखेको आफ्नै कीर्तिमान भङ्ग गरेको छ ।  इटालीले सन् १९३५ को अक्टोबरदेखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।  

इटालीले सेमिफाइनलमा स्पेनसँग खेल्नेछ । स्पेनले पहिलो क्वार्टरफाइनलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ