- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रौतहट । वाग्मती नदीमा पानीको सतह शनिवार पनि बढेको छ । जल तथा मौषम बिभागको मापन अनुसार वाग्मती नदीमा बिहान मापन गर्दा ७ सय ३० मिलिलिटर रहेको छ । यो खतराको सिमा भएकाले वाग्मतीमा रहेको सिचाइ आयोजनाको ३० वटै ढोका खोलिएको छ ।
नहरको पुर्वी र पश्चिम मुख्य ढोकाहरु बन्द गरिएको रौतहटका प्रमुख जिल्ला अघिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् । यता लाल बकैया नदीमा पनि पानीको सतह ५ फिट भन्दा माथी रहेको प्रजिअ यादबले जानकारी दिए ।
लालबकैया, चादी, झांझ नदीहरुमा पानीको सतह बढीरहेकाले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन प्रजिअ यादबले आग्रह गरेका छन् । राजदेवी नगरपािलकास्थित वाग्मती नदी किनारको स्परमा क्षती पुगेकाले राति नै सुरक्षाकर्मीले स्पर मर्मत गरेको प्रजिअ यादवले जानकारी दिएका छन ।
अधिकांश स्थान जलमग्न, ३ घरमा क्षती
केही दिनदेदि परिरहेको अविरल बर्षाका कारण रौतहट जलमग्न बनेको छ । जिल्लाका मुख्य व्यापारीक केन्द्र चन्द्रनिगाहपुर,गरुडा,कटहरिया,सदरमुकाम गौर जलमग्न बन्दा जिल्लाभित्र आवतजावत गर्न समेत समस्या भएको छ ।
चन्द्रपुर २ को पुर्व-पश्चिम राजगमार्गस्थित लच्कामा बाढी आउँदा सवारीसाधन संचालनमा समस्या भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेले जानकारी दिएका छन् ।
लच्कामा सवारी साधन र सर्वसाधारण आरपार गराउन २४ सै घण्टा प्रहरी परिचालन गरिएको डिएसपी लामिछानेले बताए । उता सदरमुकाम गौर जाने सवगढास्थित लच्कामा समेत बाढी आएका कारण गौर-चन्द्रनिगाहपुर सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अविरल बर्षाका कारण ३ घरमा क्षती पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्लाको दुर्गा भगवती गाँउपालिका ५ गढैयाका संजीव कुमार गिरीको घरमा बाढी पस्दा १ लाख,राजपुर नगरपालिका २ बलुवाका शेख अबु मोहमदको घरमा बाढी पस्दा २ लाख र गमुनामाई गाँउपालिका २ भेडीयाहीका आनन्दी ठाकुरको घरमा बाढी पस्दा ३ लाख रुपैंया बराबरको क्षती भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।