arrow

दोस्रो सेमिफाइनल स्थानका लागि दुई खेल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १९ शनिबार
Euro-2020-logo.jpg

काठमाडौं। योकप फुटबल प्रतियोगिता अन्तर्गत दुई क्वार्टर फाइनल खेलहरू हुन गइरहेका छन्। डेनमार्कले चेक गणतन्त्रको सामना गर्दै छ भने ईङल्याण्ड युक्रेन सँग भिड्ने छ। १९९२को युरो विजेता डेनमार्कले चेकको कडा सामना गर्नु पर्ने हुनेछ । त्यसैगरि युरोको अपत्यारिलो टोली युक्रेनले पनि ईङल्याण्डलाई चुनौती पेश गर्ने छ।

पहिलो खेलमा आफ्ना स्टार खेलाडी क्रिस्चियन एरिक्सन गुमाएको डेनमार्कले समूह चरणको अन्तिम खेलमा चमत्कारिक प्रदर्शन गर्दै क्वार्टर फाइनलसम्मको यात्रा तय गरेको छ। उक्त लय चेक विरुद्धको खेलमा पनि जारी रहन्छ वा चेकले डेनमार्कको युरो यात्रा रोक्छ त्यो त खेल पछि मात्र थाहा हुनेछ। नेदरल्यण्ड्सलाई पराजित गरेर क्वार्टर पुगो चेक पनि लयमा फर्किएको छ।

यसअघि चेक र डेनमार्क दुई पट युरो प्रतियोगितामा खेलेका छन्। सन् २०००को युरोमा समूह चरण र २००४को क्वार्टर फाइनलमा भिडेका दुई टोलीमा दुवै पटक चेक विजयी भएको छ।डेनमार्कले क्वार्टरको यात्रामा वेल्सलाई ४-०ले पराजित गरेर आएको हो।

ईङल्याण्डले जर्मनीलाई २-० गोलले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो । ईङल्याण्डले जर्मनीलाई प्रमुख प्रतियोगिताहरूमा लामो समय पछि हराएको हो। फुटबलको पावर हाउस मानिने जर्मनीलाई पराजित गर्नु आफेमा ठुलो उपलब्धिका रूपमा हेरिन्छ ।

ईङ्ल्याण्ड टोली राम्रो लयमा रहेको छ। उनीहरूले प्रतियोगितामा कुनै पनि गोल खाएको छैन। यसैगरि युक्रेनले स्विडेनलाई २-१ गोलले पराजित गर्दै क्वार्टरको यात्रा तय गरेको हो। युक्रेनलाई यो प्रतियोगिताको अण्डरडग भनेर चिनिन थालेको छ। उनीहरूले क्वार्टरमा विश्वलाई छक्क पार्ने नतिजा निकालेमा पनि आश्चर्य हुने छैन।

पहिलो सेमिफाइनलमा ईटली र स्पेन भिड्ने छन् भने बाँकी दुई खेलको विजेताले दोस्रो सेमीफाइनल खेल्ने छन्।डेनमार्क र चेकको खेल नेपाली समय अनुसार शनिवार २१:४५ मा हुने छ भने ईङल्याण्ड-युक्रेन बीचको खेल आइतबार ००:४५मा हुने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ