arrow

बागमती नदीमा बाँध

logo
प्रिमेश शिवाकोटी,  
प्रकाशित २०७८ असार २० आइतबार
bagmati-river.JPG

रौतहट । रौतहटको राजदेवी नगरपालिका ९ स्थित बागमती नदीको बाँधको स्पर बाढीले कटान गर्न थालेपछि मर्मत थालिएको छ ।

 जिल्ला प्रशासन कार्यालयको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना मर्मत कार्यमा जुटेका छन् । 

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव सहितको सुरक्षा प्रमुखहरूको टोली मर्मत स्थलमा अहोरात्र खटिएका छन् ।  

सो स्परमा ठुलो क्षति पुगेमा राजदेवी नगरपालिका तथा सदरमुकाम गौर नगरपालिकाका विभिन्न टोलहरू डुबानको  खतरामा पर्ने छन् ।
 



नयाँ