arrow

डोटीमा असार मसान्तसम्म थपियो निषेधाज्ञा

logo
प्रकाश बम,
प्रकाशित २०७८ असार २० आइतबार
doti-cdo-office.PNG

डोटी ।  डोटीमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या केही मात्रामा घटे सँगै स्थानीय प्रशासनले निषेधाज्ञाको समयावधि  खुकुलो पार्दै लम्ब्याएको छ। जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णयबाट जिल्लामा सातौँ पटक खुकुलो पार्दै निषेधाज्ञा थपिएको हो।

पछिल्ला दिनहरूमा जिल्लामा कोरोना भाइरस केही मात्रामा कमी देखिएको भएता पनि  सङ्क्रमणको जोखिम कायम रहेकोले  यसको सम्भावित सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कोभिड -१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश  बनेको  २०७८  को दफा ५ को उपदफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम  वैशाख २१ गते देखि  लागु गरिएको निषेधाज्ञा  पुनः असार २० गते देखि असार ३१ गते राती १२:००  सम्मका लागि  सातौँ पटक निषेधाज्ञा खुकुलो पार्दै निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए। 
 
प्रमुख जिल्ला अधिकारी सुनिल  खनालले भने, ‘सातौँ पटक थप गरिएको निषेधाज्ञामा धेरै सहजीकरण गरिएको छ। सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाउने,मोटर बाइक, प्राइभेट गाडी, खाद्यान्न , फेन्सी पसलहरू , बैङ्क तथा वित्तीय संस्थाहरू नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी  खोल्न पाइने छन्  ।'  उनले थपे , होटेल तथा  मदिराका पसलमा  लगाइएको रोक भने कायमै रहेको छ।'      

निषेधाज्ञाको पूर्ण पालना नगरे जिल्ला कोभिड -१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश  बनेको  २०७८ र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खनालले हाम्रा कुरालाई जानकारी दिए । जिल्ला प्रशासन कार्यालय डोटीले बार अनुसार सेवा दिने गरेको खनालले बताए । प्रशासनले असार ११ गते देखि नागरिकता,राहदानी, नववालिका परिचयपत्र र सङ्घसंस्था, पत्रपत्रिका दर्ता तथा नवीकरणको सेवा प्रवाह सम्बन्धीका कार्य गरी रहेको उनले  बताए  ।

जिल्लामा मदिरामा लगायतको रोक कायमै रहे पनि भित्री रूपमा बिक्री वितरण भइरहेको श्रोतको दाबी छ।शनिवार सम्म जिल्लाभर नयाँ भेरियन्टका २९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्धव बहादुर ठगुन्नाले बताए । संक्रमित सबै होम आइसलेसनमा रहेको ठगुन्नाले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ