arrow

चार वटा प्रदेशमा पहिलो र तीन वटामा दोस्रो चरणमा निर्वाचन गर्दै सरकार

कहाँ कहिले छ तयारी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २१ सोमबार
election-commission1-1618997712.jpg
फाइल तस्बिर

काठमाडौँ। सरकारले आगामी कार्तिक र मङ्सिरमा गर्ने गरी घोषणा गरेको निर्वाचन पहिलो चरणमा चार प्रदेश र दोस्रो चरणमा तीन प्रदेशमा गर्ने तयारी गरेको छ। निर्वाचन आयोगसँगको पटक पटकको छलफलपछि सरकारले चार वटा प्रदेशमा पहिलो र तीन वटा प्रदेशमा दोस्रो चरणमा निर्वाचन गर्ने गरी तयारी गरेको हो।

पहिलो चरण अन्तर्गत २६ कार्तिकमा प्रदेश १ का १४ जिल्ला, गण्डकीका ११, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ९ सहित बागमती प्रदेशका दुई जिल्लामा निर्वाचन गर्ने सरकारको तयारी छ।

यसै गरी दोस्रो चरणमा ३ मङ्सिरमा प्रदेश २ का ८ जिल्ला, बागमती प्रदेशका १३ मध्ये ११ जिल्ला र लुम्बिनी प्रदेशका १२ जिल्लामा निर्वाचन गर्ने तयारी सरकारको छ।

बागमती प्रदेशका रसुवा र दोलखा वा सिन्धुपाल्चोकमध्ये एक जिल्लामा पहिलो चरणमा नै निर्वाचन गर्ने सरकारले तयारी गरेको स्रोतले जनाएको छ। तर निर्वाचन आयोगले भने सरकारको सो प्रस्ताव मानेको छैन।

‘सरकारले मन्त्रीपरिषद् बैठकबाट कहाँ कहिले निर्वाचन हुने भन्ने टुङ्गो लगाउँछ, हामीले सुझाव दिइसकेका छौँ,’ निर्वाचन आयोगको उच्च स्रोतले भन्यो। 
आयोगले सोमबार मात्रै निर्वाचन कार्यक्रमसहित कार्य तालिका ल्याएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ