arrow

काठमाडौंमा तीन दिनमा ७० हजारले खोप लगाउने अनुमान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २३ बुधबार
corona-vaccine-kathmandu-li.jpg
तस्वीर–दोस्रो डोजको खोप लगाउन मङ्गलबार मीनभवनस्थित निजामती अस्पताल परिसरमा लामबद्ध सर्वसाधारण ।

काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउने तीन दिने खोप अभियानमा काठमाडौंमा जिल्लामा करिब ७० हजारले खोप लगाउने अनुमान गरिएको छ । मंगलबारदेखि चलेको खोप अभियानमा पहिलो दिन ३२ हजार १४ अर्थात् लक्ष्यको करिब ४७.५८ प्रतिशतले खोप लगाइसकेका छन् ।

खोप अभियान काठमाडौं जिल्लाका विभिन्न खोप केन्द्रमा भए पनि ललितपुरका नागरिकहरुले समेत खोप लगाएकाले संख्या बढ्ने देखिएको जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताएका छन् ।

प्रमुख खड्काका अनुसार काठमाडौंमा एकै दिन अहिलेसम्मकै धेरैले खोप लगाएका छन् । काठमाडौंका विभिन्न खोप केन्द्रमध्ये सोमबार काठमाडौं महानगरपालिकामा १७ हजार ७०३, कीर्तिपुरमा १ हजार ५७६,  बुढानीलकण्ठमा २ हजार ४७७, गोकर्णेश्वरमा २ हजार ३६४, टोखामा १ हजार ३६०,  नागार्जुनमा १ हजार ८०६, कागेश्वरी मनोहरामा १ हजार १८९, चन्द्रागिरीमा १ हजार ८१६, तारकेश्वरमा १ हजार ३९२ र दक्षिणकाली नगरपालिकामा ३३१ जना गरी ३२ हजार १४ जनाले खोप लगाएका छन् ।

प्रमुख खड्काले  शंकरापुर नगरपालिकाको रिपोर्ट आएपछि संख्या अझ थपिने बताएका छन् । 

बुधबार र बिहीबार पनि खोप लगाउने कार्य जारी रहने खड्काले बताए । बुधबार र बिहीबारको संख्या पनि हेर्दा काठमाडौंमा खोप लगाउनेको संख्या ७० हजार नाघ्ने उनेको अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ