arrow

हेटौँडाबाट १ सय ७८ किलो गाँजा बरामद, २ पक्राउ एक फरार 

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ असार २४ बिहिबार
heatuda-gaja.jpg

हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट एक सय ७८ किलो लागु औषध गाँजा बरामद गरेको छ । हेटौँडा उपमहानगरपालिका २ रिलायन्स बोडिङ् स्कुल अगाडीबाट प्रदेश ३-०१-०२२ च ७२३७ नं को बोलेरो पिक अप गाडीमा लुकाएर राखेको  १२० किलो ९०० ग्राम लागु औषध गाँजा प्रहरीले फेला पारेको हो ।

वडा प्रहरी कार्यालय सानो पोखरा हेटौडाबाट खटिएको प्रहरीको मोबाइल गाडीलाई देख्नसाथ उक्त बोलेरो गाडी रोकी चालक फरार भएपछि प्रहरीले उक्त गाडी चेक जाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ उक्त गाडी प्रहरीको नियन्त्रणमा रहेको र फरार चालकको कोजतालास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै हिजो साँझ प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौँडा उपमहानगरपालिका १५ पिपल चौतरा पूर्व पश्चिम सडक खण्ड स्थित चितवनबाट बारा तर्फ जादै गरेको ना. ४ च १५०१५ नं. को बोलेरो पिक अप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको ५७ किलो ९०० ग्राम लागु औषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

गाडी चालक चितवन राप्ती नगरपालिका वडा नं.०६ बस्ने वर्ष २६ को सञ्जय चौधरी र गाडीमा सवार वर्ष ४८ को लालजी साहलाई लागु औषध गाँजा, बोलेरो पिक अप गाडी सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ