- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सुरभी फाउन्डेसनका अध्यक्ष एवम नेपाली कांग्रेसका युवा नेता कविन शाक्यको अगुवाइमा धादिङको गजुरी गाउँपालिका-१ आदामारा आसपासका विपन्न तथा चेपाङ समुदायलाई राहत वितरण गरिएकोछ ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारबाट जारी भएको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न समुदायलाई नेता शाक्यको पहलमा शनिबार १ सय ११ परिवारलाई राहत स्वरुप चामल, दाल, तेल, नुन, माक्सलगायतका सामाग्री वितरण गरिएको हो ।
राहत वितरण समारोहमा नेविसंघका पूर्व केन्द्रीय सदस्य लाओस राई, नेपाल मगर संघका केन्द्रीय सदस्य राम बहादुर थापा बादल, नेपाली कांग्रेस गजुरी गाउँपालिकाका अध्यक्ष भूमि प्रसाद कँडेललगायतको उपस्थितिमा भएको राहत वितरण गरिएको हो ।
कार्यक्रममा फाउन्डेसनका अध्यक्ष एवम नेता शाक्यले आगामी दिनमा गरिब, अनाथ, असाहय तथा शिक्षाबाट बन्चित व्यक्तिहरुलाई सक्दो सहयोग गर्ने बचन दिए । त्यस्तै नेविसंघका पूर्व केन्द्रीय सदस्य राई, मगर संघका केन्द्रीय सदस्य बादललगायतले शाक्यले सामाजिक क्षेत्रमा गरिरहेको कामको खुलेर प्रशंसा गरे । कार्यक्रममा नेपाल तरुण दलका गजुरी गाउँपालिका सभापति दिनेश डल्लाकोटी, नेपाल तरुण दल धादिङ प्रदेश सभा ‘ख’का सभापति आशिष खरेलको पनि सहभागिता थियो ।
फाउन्डेसनका अध्यक्ष एवम नेता शाक्यकै अगुवाइमा अघिल्लो साता गजुरी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर मेसिन र महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।