- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । डोटीको सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध शक्ति पीठ शैलेश्वरी मन्दिरको भित्र जाने मूल ढोकामा चाँदीको ढोका लगाइएको छ। आइतबार पूजाआजा तथा क्षमा याचना सहित मन्दिरको मूल प्रवेशद्वारमा चाँदीको ढोका लगाइएको हो।
शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा मन्दिरका पुजारी प्रेम शङ्कर भट्टका अनुसार पर्यटन उद्योग वन तथा वातावरण मन्त्रालय प्रदेश अन्तर्गत भू तथा जलाधार व्यवस्थापन र क्षेत्र विकास समितिको सहयोगमा चाँदीको ढोका बनाएका हो । ५० लाखको लागतमा बराह ज्वेलर्स इन्डस्ष्ट्रिज काठमाडौँले सो ढोका बनाएको हो ।
उनले भने,' देशकै प्रसिद्ध शक्तिपिठ मध्ये शैलेश्वरी मन्दिर पनि हो। मन्दिरको पुरानो ढोका जीर्ण भएकाले पहिले देखि चाँदीको ढोका लगाउने निर्णय गरेका थियौँ । अहिले बल्ल सफल भयौँ ।'
पर्यटन उद्योग वन तथा वातावरण मन्त्रालय सुदूर पश्चिम प्रदेशको ४० लाख र शैलेश्वरि क्षेत्र विकास समितिबाट १० लाख गरी ५० लाखको लागतमा ढोका बनाएको शैलेश्वरी क्षेत्र विकास समितिले जनाएको छ।