- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । डोटीको शिखर नगर पालिका १० का गगन साउद बचाउन थालिएको आर्थिक अभियानबाट उठेको रकम उनको परिवारलाई हस्तान्तरण गरिएको छ । साउदको यही असार २१ गते मृत्यु भएपछि उनको परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।
साउदको उपचार गर्न लागि विभिन्न व्यक्तिहरुबाट उठाएको १ लाख १० हजार रुपैयाँ आर्थिक सहयोग उनकी श्रीमती कमलीदेवी साउदलाई घरमा गएर हस्तान्तरण गरिएको पहलकर्ता योगेन्द्र रावतले बताए ।
उनले भने, ‘विगत एक वर्षदेखि दायाँ खुट्टा नचल्ने अवस्था थियो । सुगर र डाइबिटिज रोगले समेत उनलाई निक्कै च्यापेको थियो । आर्थिक समस्याले मृत्युको मुखमा रहेको भन्ने खबर पाउने बित्तिकै हामीले उनलाई बचाउन अभियान थाल्यौं । तर बचाउन सकेनौं ।’
उनको मृत्यु पश्चात परिवारका सदस्यसमेत निक्कै समस्यामा भएकोले किरिया खर्च र घरखर्च बापत रकम हस्तान्तरण गरिएको रावतले बताए ।