- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । झापाको बिर्तामोड नगरपालिका सुगम पेट्रोल पम्प छेउँमा सोमबार बिहान अर्धनग्न अवस्थामा एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका वडा न ५ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रहेको सुगम पेट्रोल पम्पदेखि उत्तरमा एक युवतीको शव फेला परेको हो ।
अन्दाजी २५ वर्षीया सृजना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् । सानिमाको घरमा सपरिवार बस्दै आएकी सृजना घरको आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।
साथै घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रबक्ता डिएसपी थापाले बताए ।