arrow

सर्वोच्चको फैसलाले अझ जिम्मेवार बनाएको छ : सभापति देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
sher-bahadur-deuba-congesss-nc.jpg

काठमाडौँ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले नेपाली काँग्रेस लगायत ५ दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाको स्वागत गरेका छन् ।  

सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक आफ्नो पक्षमा फैसला सुनाएपछि फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको र स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको देउवाले बताएका छन् ।

उनले  लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढङ्गले आन्दोलनमा सरिक राजनैतिक दलहरू, सबै कानुन व्यवसायीहरू, भ्रातृ र शुभेच्छुक संस्थाहरू, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवं स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी–दाजुभाइलाई बधाई ज्ञापन गरेका छन् ।

'देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ' देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ   'कसैले पनि यसलाई व्यक्तिगत जीत हारको विषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपिल र आग्रह पनि म गर्न चाहन्छु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ