arrow

देउवासँगै शपथ ग्रहणमा जाने मन्त्रीहरु को-को ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
deuba-prachanda-yadav-oppos.jpg

काठमाडौं । सर्वोच्च अदालतको परमादेश बमोजिम आज मङ्गलवार प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूसँगै केही मन्त्रीलाई पनि शपथमा साथै लिएर जाने तयारी गरेका छन् ।

सर्वोच्चले दिएको समय अनुसार राष्ट्रपतिले आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने र लगत्तै शपथ खुवाउने तयारी छ । प्राप्त जानकारी अनुसार देउवाले पहिलो चरणमा मन्त्रीमा कस कसलाई लिएर जाने भन्नेबारे पार्टीका नेताहरूसँग परामर्श गरिरहेका छन् ।

पहिलो चरणमा कांग्रेसबाट प्रकाशमान सिंह, ज्ञानेन्द्र बहादुर कार्की, डा.मिनेन्द्र रिजाल, वालकृष्ण खाँड, गगन थापा, डा.नारायण खड्का, भरत शाह, दिलेन्द्र बडु र डिला संग्रौलामध्ये दुई जनालाई शपथमा साथै लैजाने देउवाको तयारी छ ।

यसमध्ये खाँड, कार्की र डा.रिजालमध्येलाई प्रधानमन्त्रीको शपथमा सँगै लैजाने देउवाको तयारी रहेको स्रोतको दाबी छ ।
त्यस्तै माओवादी केन्द्रबाट जनार्दन शर्मा र वर्षमान पुन ‘अनन्त’ पहिलो चरणमा मन्त्री बनाउने तयारी छ । त्यस्तै जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्षले पनि मन्त्रीहरूको नामको अन्तिम तयारी गरिरहेको छ ।

जसमध्ये कांग्रेसले गृह मन्त्रालय पाएको खण्डमा खाँडलाई गृहको जिम्मेवारी दिने तयारी छ । त्यस्तै माओवादी केन्द्रका शर्मालाई जलस्रोत र पुनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइने स्रोतको दाबी छ । जसपाका तर्फबाट स्वास्थ्य, भौतिक योजना तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको छ ।

कांग्रेस सभापति देउवा आफ्ना पार्टीका नेताहरूसँग मन्तिपरिषद् लगायतका विषयहरूमा छलफलमा व्यस्त रहेका छन्। छलफलका क्रममा कांग्रेसले अर्थ मन्त्रालय आफूले लिने र गृह मन्त्रालय छाड्नु पर्ने विषयमा पनि छलफल भइरहेको छ। 

आगामी सरकारले पूरक बजेट ल्याउनु पर्ने भएकोले अर्थ मन्त्रालय आफूसँग राख्ने बारे छलफल भइरहेको छ। यो अवस्थामा कांग्रेसले गृहमन्त्रालय माओवादीलाई छाड्न सक्ने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ