arrow

सभापति देउवा महामन्त्रीद्वयसँगको छलफलमा व्यस्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
sherbahadur-deuba.jpg

काठमाडौं । सर्वोच्च अदालतको परमादेश बमोजिम आज मङ्गलवार प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टि भित्र नेताहरूसँगको छलफलमा व्यस्त भएका छन्।

देउवाले आफ्ना महामन्त्रीद्वयसँग छुट्टाछुट्टै बैठक गरेका छन्। महामन्त्री शशांक कोईरालासँग एक्लै भेटेका देउवाले कांग्रेस भित्र रहेका सबैलाई मिलाएर लैजाने रणनीति अनुरूप प्रमुख पदाधिकारीहरूसँग छलफल गरेका हुन्।

त्यसैगरि अर्का महामन्त्री पूर्णबहादुर खड्का र प्रमुख सचेतक बालकृष्ण खाँडसँग पनि छलफल गरेका छन्। बालकृष्ण खाँड देउवाको मन्त्रीमण्डलमा मन्त्री बन्ने पक्का भएको श्रोतले जनाएको छ।

सभापति देउवा कांग्रेसभित्र सबैलाई मिलाएर लैजाने बारे उदार देखिएका छन्। सबै प्रमुख नेताहरूसँगको छलफल र बैठकहरूलाई तीव्रता दिएका देउवाले मन्त्रीहरूको नाममा छलफल गरिरहेका छन्।

सर्वोच्चले दिएको समय अनुसार राष्ट्रपतिले आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने र लगत्तै शपथ खुवाउने तयारी छ ।

माओवादी केन्द्र र जसपा पनि मन्त्रीपरिषद् सदस्यहरूको छनोटमा व्यस्त रहेको छ।         



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ