arrow

देउवा र प्रचण्ड एक बजे भेट्दै, विपक्षी गठबन्धनको बैठक सिंहदरबारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
deuba-prachanda-yadav-oppos.jpg

काठमाडौं । सर्वोच्च अदालतको परमादेश बमोजिम आज मङ्गलवार प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनको बैठक सिंहदरबारमा बोलाएका छन्। विपक्षी गठबन्धनमा रहेका दलहरूले उक्त बैठकमा आफ्ना दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम र मन्त्रालय पनि टुङ्गो लगाउने छन्।

कांग्रेसका सभापति देउवा र माओवादीका अध्यक्ष प्रचण्डबीच पनि सिंहदरबारमा छलफल हुने भएको छ। माओवादीले देउवासँगको छलफल पछि मात्र आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्री बारे निर्णय गर्ने बताइएको छ।

कांग्रेसले गृह लिए माओवादीले अर्थ पाउने छ भने कांग्रेसले अर्थ मन्त्रालयको जिम्मेवारी लिए माओवादीले गृह मन्त्रालयको नेतृत्व गर्ने छ। कांग्रेसभित्र सुरुमा गृह मन्त्रालय आफूले राख्ने धारणा आए पनि छलफलका क्रममा पूरक बजेट ल्याउनु पर्ने भएकाले अर्थ आफूले राख्नु पर्ने धारणाहरू पनि आएका छन्।

जसपाले पनि आफ्नो पार्टीबाट नेतृत्व गर्ने मन्त्रीहरूको नामावलीमा छलफल गरिरहेको छ। सिंहदरबारमा बस्ने विपक्षी गठबन्धनको बैठक पछि कसरी अघि बढ्ने निश्चित हुने छ। 

प्रधानमन्त्रीमा शेरबहादुर देउवासँगै सबै पार्टीबाट एक-एक मन्त्रीहरूले शपथ लिने सम्भावना रहेको श्रोतले बताएको छ। 

सर्वोच्चले दिएको समय अनुसार राष्ट्रपतिले आज साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने र लगत्तै शपथ खुवाउने तयारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ