arrow

राससका प्रधान सम्पादकमा एकराज पाठक

logo
रासस,
प्रकाशित २०७८ असार ३१ बिहिबार
yek-raj-patak-rss-chief-editor.jpg

काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादकमा एकराज पाठक नियुक्त भएका छन्। हाल कर्मचारी प्रतिनिधिका रूपमा रासस सञ्चालक समितिका सदस्य उनले १० औँ तहमा बढुवासहित आउँदो साउन १ गतेदेखि लागु हुने गरी प्रधान सम्पादकको जिम्मेवारी प्राप्त गरेका हुन्।

पाठकलाई आज रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष श्यामल अधिकारीका उपस्थितिमा महाप्रबन्धक सिद्ध राज राईले बढुवासहित जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै बधाई दिए।

साथै नवनियुक्त नायब महाप्रबन्धकहरूले पनि उनीलाई बधाई दिए। हाल प्रधान सम्पादक रहेका श्यामप्रसाद रिमाल ११ औँ तहका नायब महाप्रबन्धकमा बढुवा भएका छन्। यसै गरी प्रमुख समाचारदाता राजु शाक्य र अन्तर्राष्ट्रिय शाखा प्रमुख सोमनाथ लामिछाने पनि नायब महाप्रबन्धकमा बढुवा भएकामा अध्यक्ष तथा महाप्रबन्धकले बधाई दिए।

हाल रासस आलेख शाखाका प्रमुख पाठक विसं २०५६ मा समाचारदाताका रूपमा रासस प्रवेश गरेका थिए। उनीसँग विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापनको अनुभव छ। सूचनाको हक र पत्रकारिता विषयमा विभिन्न पुस्तकका लेखक पाठकले यसअघि राससका उपप्रमुख समाचारदाता, अन्तर्राष्ट्रिय समाचार डेस्कका प्रमुख तथा प्रदेश समन्वय विभाग प्रमुखका रूपमा रहेर काम गरेका छन्।

त्यस्तै रासस प्रमुख समाचारदातामा कार्यकारी सम्पादक कृष्ण अधिकारी नियुक्त भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ