arrow

रहेनन् राससका पूर्वनिमित्त महाप्रबन्धक राणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
jay-rana-rss.jpg

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का पूर्वनिमित्त महाप्रबन्धक जयशम्शेर राणाको ८० वर्षको उमेरमा भारतको भोपालमा निधन भएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित उनको उपचारका क्रममा आज बिहान निधन भएको हो । उनी रासस अङ्ग्रेजी समाचार सम्पादन शाखाको पूर्वप्रमुख पनि थिए । 

उनका भाई प्रभातशम्शेर राणाका अनुसार स्वर्गीय राणाको आजै अन्त्येष्टि गरिनेछ । राससबाट सेवानिवृत्त भएपछि उनी भोपाल बस्दै आएका थिए ।

उनका दुई छोरा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ