arrow

सञ्चार मन्त्रालय र राससबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
RSS-1691311782591.JPG

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय समाचार समिति (रासस) बीच राससलाई प्रदान गरिने आर्थिक वर्ष २०८०/८१ को पूँजीगततर्फको अनुदान रकम निकासा दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सञ्चार मन्त्रालयबाट राससलाई प्रदान गरिने अनुदानतर्फको रकम निकासाका लागि आज मन्त्रालयमा आयोजितक एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । 

उक्त सम्झौतापत्रमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा तथा मन्त्रालयका उपसचिव केशवराज सुवेदीले हस्ताक्षर गरे । 

कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, प्रशासन प्रमुख शीतलप्रसाद महतो, लेखा प्रमुख रुद्रमणि अधिकारी र मन्त्रालयका शाखा अधिकृतहरु तीर्थराज चापागाईँ, महेश सुवेदी, मधुसुदन पुडासैनी र कम्प्युटर अपरेटर उषा घिसिङ उपस्थित थिए ।

पोखरास्थित राससको स्वमित्वमा रहेको जग्गामा नयाँ भवन निर्माण, श्रव्यदृश्य सेवा सञ्चालन, विभिन्न स्थानमा भवन मर्मतसम्भारका लागि निकासा दिनेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

मन्त्रालयले राससलाई पोखरामा भवन निर्माणका लागि रु दुई करोड, श्रव्यदृश्य सेवा सञ्चालनका लागि रु एक करोड, सञ्चार उपकरण खरिदका लागि रु २० लाख र भवन मर्मतसम्भारका लागि रु १० लाख अनुदान रकम उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष झाले आर्थिक वर्षका लक्षित कार्यक्रम समयै पूरा गर्ने प्रतिबद्धता जनाए ।

उनले राससको सेवालाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाउन उपलब्ध स्रोत साधन तथा जनशक्तिको भरपुर उपयोग गर्दै सबै संयन्त्रको प्रभावकारी परिचालन गरेर परिणाममुखी बनाइने बताए ।

मन्त्रालयका उपसचिव सुवेदीले निर्धारित लक्षित कार्यक्रम समयमै प्रतिफल दिनेगरी काम गर्नसकेको खण्डमा सकारात्मक नतिजा हासिल हुने विश्वास व्यक्त गरे । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ