arrow

डोटी जिल्लाको संस्कृती झल्काउने संग्राहालयको स्थापना

logo
प्रकाश बम
प्रकाशित २०७८ साउन २ शनिबार
ditii.jpg

डोटी ।  ‘डोटी जिल्लाको संस्कृती झल्काउने संग्राहलयको’ स्थापना गरिएको छ। जिल्लाको जोरायल गाउँपालिका –१ पोखरी डाँडाँमा संग्राहलयको स्थापना गरिएको हो।

नयाँ पिढीले आफ्नो कला, संस्कृति, सभ्यता, परम्परा र इतिहास बिर्सन लागेकाले संग्रहालय स्थापना गरेको रानी बन सामुदायिक उपभोक्ता समितिका अध्यक्ष तथा संग्रहालय अध्यक्ष भाष्कर भट्टले बताए ।

उनले भने ,‘पुराना सस्कृतिको संरक्षण र सम्बद्र्धन नगरे पछिल्लो पुस्ताले आफ्नो संस्कृति बिर्सिदै जाने भएकाले संग्रहालयको स्थापना गरेको हो । संग्रहालयमा सुदूरपश्चिमका पुराना ऐतिहासिक हातहतियार, पहिरन, बाजा ,भाँडाकुडा, गरगहना, वाध्यवाधन, भेषभुसा झल्काउने लगायतका सामाग्रीको खोजी गरेर राखेका छौ ।’

उनले थपे ‘संग्रहालयमा केही व्यक्तिले सशुल्क सामग्री राख्न दिएका छन् । उहाँहरुले आफुले दिएको सामग्रीमा आफ्नो पू्र्खाको भनेका छन् ।’ सुदूरको कला, संस्कृति र इतिहासको जर्गेनाको प्रयासको थालनी लागि  तेललेक संरक्षण समिति अन्तर्गत  डिभिजन वन कार्यलयको चार लाख र समुदायको श्रमदान गरेर साढे चार लाखको लागतमा प्राबिधिक, र्‍यागफिटिङ र  संग्रहालयमा  सामग्रि  राखिएको अध्यक्ष भट्टले वताए।

संस्कार संस्कृति र भेषभुसा संरक्षण गर्न संग्रहालयको सहत्वपूर्ण भुमिका रहेन उद्घाटन कार्यक्रममा वोल्दै सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशिले वताइन्। उनले पुर्खाहरुले धारण गरेको भेषभुषा भोलिका पुस्ताले देख्न पाउने भएकाले यसको संरक्षणमा सबै लाग्न अनुरोध गरिन् ।

संग्रहालयको अनुगमन तथा उद्घाटन कार्यक्रमका सहभागिहरुले आन्तरिक पर्यटकलाई भित्र्याउन यसले महत्वपूर्ण भूमिका खेल्ने वताए । संग्रहालयमा सुदुर पश्चिमको कला, संस्कृति झल्कने खालाका सामग्री राख्न सुझाव दिए । संग्रहालयमा पुग्न दिपायलदेखि ९४ किमीको यात्रा गर्नु पर्ने हुन्छ । सडकबाट सय मिटरको दुरीमा संग्रहालय हेर्न सकिन्छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ