arrow

ओलिभर जिरू एसी मिलानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
olivier-giroud.jpg

काठमाडौं । फ्रेन्च फुटबल स्ट्राइकर ओलिभर जिरू इटालियन क्लब एसी मिलानमा गएका छन् । उनलाई मिलानले शनिबार क्लबमा अनुबन्धित गरेको जनाएको छ ।

इङ्गलिश क्लब चेल्सीबाट गत सिजन खेलेका जिरू यो सिजन मिलानबाट खेल्नेछन् । उनले मिलानले दुई मिलियन युरोमा अनुबन्ध गरेको हो । जिरूले मिलानसँग दुई वर्षको सम्झौता गरेका छन् ।

३४ वर्षीय जिरूले गत सिजन चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । उनले चेल्सीलाई युरोपा लिग र एफए कपसमेत दिलाएका थिए । 

सन् २०१८ मा अर्को इङ्गलिश क्लब आर्सनलबाट चेल्सी गएका जिरूले चेल्सीका लागि ११९ खेलमा ३९ गोल गरेका थिए । 

जिरूले सन् २०१८ को विश्वकप फुटबलको उपाधि फ्रान्सलाई दिलाएका थिए । उनले देशका लागि ११० खेलमा ४६ गोल गरिसकेका छन् । हालै सम्पन्न युरो कप फुटबलमा भने फ्रान्सले त्यतिराम्रो प्रदर्शन गर्न सकेन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ