arrow

विश्व प्रसिद्ध अर्बिटाको उत्पादन नेपालको बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
Orbita.jpg

काठमाडौं। चीनको विश्व प्रसिद्ध होटल सुरक्षा सम्बन्धी सामाग्री उत्पादन गर्ने अर्बिटाका उत्पादन नेपाली बजारमा उपलब्ध छ।सुरक्षा प्रविधि लगायतका गुणस्तरीय सामाग्री बिक्री गर्दै आएको बार कोड नेपाल इंक प्रालीले अर्बिटाको उत्पादन नेपालमा आधिकारिक बिक्री गर्न थालेको हो।

कारकोड नेपालले अर्बिटाको होटलहरुमा आवश्यक पर्ने होटल लक, मिनी फ्रिजर, मिनी लकर, इनर्जी सेभिङ्ग स्विच लगायतका सामानहरूको विक्री वितरण गरिरहेको छ।

चीनको ठुलो उत्पादक अर्बिटाको उत्पादन प्रसिद्ध होटलहरु मेरियट, हिल्टन, हायात, र्याडिसन, वारविक लगायतमा प्रयोग भइरहेको छ। हाल विश्वभर करिब २० हजार स्तरीय होटलमा अर्बिटाको उत्पादनहरू प्रयोग हुने गरेका छन्।

नेपालको बजारमा केही वर्षदेखि अर्बिटाका सामान उपलब्ध भए पनि आधिकारिक विक्रेता नहुँदा कम्पनीबाट प्राप्त हुने वारेन्टी, मर्मत, छुट लगायतका सुविधाबाट ग्राहक वञ्चित हुने गरेका थिए। बारकोड नेपाल र अर्बिटाको औपचारिक सहकार्यपछि अब ग्राहकले कम्पनीले दिने सबै सुविधा सहजै रूपमा पाउन सक्नेछन्।

सन् २००४मा स्थापित अर्बिटाकाको उत्पादन स्थल चीनको शेनजेन प्रान्तको  लोहुमा  ४६०० बर्ग मिटर क्षेत्रफलमा फैलिएको छ। 

अर्बिटाले आफूलाई आवश्यक पर्ने प्रविधि सिमेन्स, डल्लास, अम्टेल, फिलिप्सहरुबाट प्राप्त गर्दछ।  हाल बारकोड़ नेपालले होटल कार्ड लकिंग सिस्टम, कार्ड रिडर, मिनी फ्रिजर, मिनी लकरहरूको औपचारिक  बिक्री वितरण तथा प्राविधिक सहयोगको काम शुरु गरेको छ।

बार कोड नेपालले विश्वका अन्य प्रतिष्ठित कम्पनीहरूसँग सहकार्य गर्दै नेपालमा गुणस्तरीय सुरक्षा उपकरण लगायतका सामाग्रीको विक्री वितरण गर्ने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ