arrow

देउवालाई विश्वासको मत नदिएका घनश्यामले के लेखे ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
ghanashyam-bhusal.jpg
तस्वीर–फाइल ।

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुषालले संसद जोगिएको र अब पार्टी जोगाउनु पर्ने बताएका छन् ।  आइतबार राति ट्वीटरमा ट्वीट गर्दै भुषालले संसद जोगिइसकेकाले अब पार्टी जोगाउनु पर्ने बताएका हुन् । 

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिएका नेता भुषालले ‘यथास्थितिमा कोही पनि सुरक्षित छैनौ’ं भन्दै परिवर्तनका लागि आग्रहसमेत गरेका छन् । 

देउवालाई २२ जना एमालेका सांसदले मत दिँदा भुषालले भने दिएनन् । देउवाले १६५ मत पाउँदा विपक्षमा ८३ मत परेको छ । एक जना तटस्थ बसे । 

एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालतर्फ संकेत गर्दै उनले लेखेका छन्, ‘यथास्थितिमा कोही पनि सुरक्षित छैनौं । हामी उठ्छौं, धुलो टक्टक्याउँछौं र अगाडि बढ्छौं ।’ 

यस्तो लेखेका छन् नेता भुषालले, ‘संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ । हामी ठूलो दुर्घटनामा परेका छौं । यथास्थितिमा कोहि पनि सुरक्षित छैनौं । हामी उठ्छौं, धुलो टक्टक्याउॅछौं र अगाडि बढ्छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ