arrow

९० ग्राम यार्सागुम्बा सहित भारतीय नागरिक पक्राउ

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ साउन ५ मंगलबार
yarsagumba.jpg

दार्चुला । दार्चुलामा यार्सागुम्बासहित भारतीय नागरिक पक्राउ परेका छन् । 

खलङ्गा पुलघाटमा खटिएको प्रहरीले ९० ग्राम यार्सागुम्बा सहित पिथौरागढ जिल्ला धारचुला ग्राम पाङला बस्ने अन्दाजी २३ वर्षीय गणेश सिंह विष्टलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दका अनुसार मङ्गलवार बिहान साढे एघार बजेतिर महाकाली नगरपालिका-४ स्थित नेपाल-भारत जोड्ने खलङ्गा झोलुङ्गे पुलबाट यार्सागुम्बासहित पक्राउ परेका हुन् । 

पक्राउ परेका विष्ट र यार्सागुम्बा डिभिजन वन कार्यालयलाई बुझाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ