arrow

डा हेमन्तको आध्यात्मिक गीतको पुस्तक प्रकाशित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
hemanta-khatiwada.jpg

काठमाडौं । डा. हेमन्त खतिवडाको आध्यात्मिक गीतको पुस्तक प्रकाशित भएको छ । २०५३ सालमा नातिकाजीको स्वर र संगीतमा ‘मनमा काँडा बिझेपछि’ बोलको गीत रेकर्ड गराएर सांगीतिक छेत्रमा उदाएका खतिवडाको आध्यात्मिक गीतको पुस्तक प्रकाशित भएको हो । 

यो पुस्तकमा गणेश, राम, शिव, दुर्गा, हनुमान, सरस्वती, विष्णु, कृष्ण, लक्ष्मीको भजन अनि बाँकी भजन अनि बाँकी भजन जीवन मृत्युको विषयमा लेखिएको छ ।  यसमा कृतिमा १०६ वटा भजनहरु रहेका छन्  । ११५ पृष्ठमा किताब तयार भएको छ ।

पचास वटा भजनहरु आशा भोषले, साधना सरगम, कैलाश खेर, पंडित जसराज, कुमार सानुलगायत गायक गायिकाहरुले गाएका छन् । क्लासिकल, सेमिक्लासिकलमा कतिपय भजन गाइएका छन् । भजनको प्रचलित परम्परा भन्दा फरक किसिमले लेखिएका छन्  । 

निराशावादी नभइकन अधिकांश भजनहरु आशा र उत्साह जगाउने किसिमका छन्  । मृत्युलाई पनि उत्सवको रुपमा चित्रण गरेर पनि भजनहरु लेखिएका छन् । जीवन जस्तै मृत्यु पनि उत्सव हुनुपर्छ भन्ने खालका भजनहरु पनि छन्  । 

आध्यात्मको गहिराइमा डुबेर लेखिएका भजनहरु छन्  । यसमा मानिसहरुलाई उत्प्रेरणा र प्रेरित गर्ने खालका जीवन दर्शनका विषयहरु पनि समेटिएका छन्   । गीतकार स्वयं प्रकाशक रहेको भजन संग्रह को मूल्य रु २०० रहेको छ । 

आकर्षक छपाइ र राम्रो कागजमा सजिएको भजन संग्रह, गीतकार खतिवडाको पहिलो भजन संग्रह हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ