arrow

दार्चुलामा अवैध यार्सागुम्बासहित एक महिला पक्राउ

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७८ साउन ८ शुक्रबार
yarsagumba.jpg

दार्चुला । दार्चुलामा अवैध यार्सागुम्बासहित एक महिला पक्राउ परेकी छन् । 

भारतको धारचुलाबाट नेपाल ल्याउँदै गरेको २ सय ४० ग्राम यार्सागुम्बा सहित महाकाली नगरपालिका-४ बस्ने ४० वर्षीया दिपा महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

 नेपाल-भारत जोड्ने झोलुङ्गे पुलमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्दा उनको साथबाट अवैध यार्सागुम्बा बरामद गरिएको सूचना अधिकारी चन्दले बताए । 

बरामद २ सय ४० ग्राम अवैध यार्सागुम्बा र ती महिलालाई डिभिजन वन कार्यालयमा बुझाइएको छ । मङ्गलवार मात्रै प्रहरीले भारतीय नागरिकलाई ९० ग्राम यार्सागुम्बासहित पक्राउ गरेको थियो
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ