arrow

विप्रेषण व्यवसायलाई व्यवस्थित गर्दै केन्द्रीय बैङ्क

logo
रासस,
प्रकाशित २०७८ साउन ९ शनिबार
NRB.JPG
फाइल तस्बिर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले विप्रेषणको विनिमय दरका लागि हरेक दिन बिहान १० बजे र दिनको २ बजे विप्रेषण विनिमय दरको रूपमा प्रकाशित गर्न निर्देशन दिएको छ।

केन्द्रीय बैङ्कले एकीकृत परिपत्र २०७६ मा संशोधन गर्दै बैङ्क तथा वित्तीय संस्था र विप्रेषण कम्पनीले प्रयोग गर्ने विनिमय दरमा बैङ्कहरूले अन्य प्रयोजनका लागि निर्धारण गरेको विनिमय दरबाट फरेन एक्सचेञ्ज डिलर्स एशोसिएशन अफ नेपाल (फेडा)मार्फत औसत खरिद दर तय गर्न भनेको छ।

केन्द्रीय बैङ्कले सो दरलाई आधार मानी बैङ्क तथा वित्तीय संस्था एवं विप्रेषण कम्पनीले विप्रेषण प्रयोजनका लागि समान रूपमा विनिमय दर कायम गर्नुपर्ने उल्लेख गरेको छ। त्यस्तो विनिमय दरको विवरण फेडानले प्रत्येक दिन विदेशी विनिमय व्यवस्थापन विभागमा समेत पठाउनु पर्नेछ। विप्रेषण कारोबार गर्ने सबै संस्थाले फेडानको सदस्यता लिनुपर्नेछ।

इजाजतप्राप्त कम्पनीले इजाजतप्राप्त गर्दा पेस गरेको सम्झौतामा उल्लेख नगरी विदेशी सेवा प्रदायकलाई कुनै पनि प्रकारको वित्तीय तथा गैर वित्तीय सेवा सुविधा उपलब्ध गराउन नपाउने व्यवस्था गरिएको केन्द्रीय बैङ्कले जनाएको छ।

विप्रेषण कारोबार गर्ने इजाजत प्राप्त कम्पनीले नगद धरौटी लिई सबएजेण्ट नियुक्ति गरेको भए सो नगदको सट्टामा जमानत प्रयोजनका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ। केन्द्रीय बैङ्कले विप्रेषण कारोबारलाई थप व्यवस्थित गर्न उक्त निर्देशन दिएको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ