arrow

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न ग्लोबल आइएमई बैङ्कको योजना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ९ शनिबार
global-ime-bank.jpg
फाइल तस्बिर

काठमाडौँ। ग्लोबल आइएमई बैङ्कमा कार्यरत कर्मचारीले वार्षिक अनिवार्य बिदा लिँदा कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलमा भ्रमण गर्ने गरी बिदा लिनुपर्ने व्यवस्था गरेको छ।

कोभिड महामारीका कारणले विदेशी पर्यटकको आवागमनमा कमी आएको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैङ्कले यो योजना ल्याएको हो। कोभिड–१९ को महामारीका कारण पूर्ण रूपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकको खाँचो रहेको बैङ्कले जनाएको छ।

यस्तो परिस्थितिमा थौरै भए पनि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले वार्षिक तलबी बिदा लिने कर्मचारीले अनिवार्य रूपमा आन्तरिक भ्रमण गर्नुपर्ने व्यवस्था गरिएको हो। बैङ्कमा हाल तीन हजारभन्दा बढी कर्मचारी कार्यरत छन्।

मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैङ्कले बैङ्किङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सात वटै प्रदेश तथा ७६ जिल्लामा २७३ शाखा, २४८ एटिएम, २५७ शाखारहित बैङ्किङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर सञ्चालन गर्दै आएको छ।

त्यसै गरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट विप्रेषण भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ