arrow

माधव नेपाल प्रति प्रदीप ज्ञवालीको टिप्पणी : खाना खाँदा पानी खाने ठाउँ पनि बाँकी राख्नुभएको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
pradeep-gyawali5.jpg

गुल्मी । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले अस्वाभाविक गठबन्धनबाट निर्माण भएको वर्तमान सरकार निर्माण हुनुमा पनि एमालेभित्रका केही ठुला नेताको मुख्य भूमिका रहेको बताए । वरिष्ठ नेता माधव कुमार नेपाल तर्फ इशारा गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् । 

नेता ज्ञवालीले केही व्यक्तिको अहमताले पार्टीलाई कमजोर बनाउने र गठबन्धन सरकारसँग सहयात्रा गर्दै पार्टी प्रणालीलाई नै कमजोर बनाउने खेल खेलेको टिप्पणी गरे ।  “केही साथी पार्टीमा नबस्न सक्नुहुन्छ, उहाँहरूका अभिव्यक्तिका कारण यति पर पुगिसक्नु भएको छ कि ! खाना खाँदा पानी खाने ठाउँ पनि बाँकी राख्नुभएको छैन”, ज्ञवालीले भने । 
 

उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एक ढिक्का भएर अघि बढ्ने बताए ।  उनले विगतका सबै कमी कमजोरीलाई बिर्सेर पार्टी एक ढिक्का भई अघि बढ्ने जिकिर गरे । एमाले सत्तामा बस्नु र प्रतिपक्षमा बस्नु कुनै ठुलो कुरा र नौलो विषय नभएको उल्लेख गर्दै उनले खेलको नियममा रेफ्रिले निष्पक्ष रूपमा फैसला गरेन भने त्यसले विवाद सिर्जना गर्ने उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ