arrow

सांसद राजभण्डारीको प्रश्न : व्यवसायीलाई मन्त्री बनाउन पाउने कि नपाउने ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
dibyamani-rajbhandari.gif

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले व्यवसायीलाई मन्त्री बनाउने विषयमा कानुन आवश्यक रहेको बताएका बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राजभण्डारीले भने, ‘कानुनमन्त्री यहिं हुनुहुन्छ, मन्त्री बनाउन मिल्ने नमिल्ने बारे सरकारले कानुन बनाओस्, यही सदनमा छलफल गरौं ।’

व्यवसायीलाई मन्त्री बनाउन हुन्छ कि हुँदैन भन्ने चर्चा चलिरहेका बेला प्रतिनिधिसभामा यससम्बन्धी कानुन बनाएर विवाद निरुपण गर्नुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री शेर बहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा व्यवसायीसमेत रहेका सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेपछि आलोचना भइरहेका बेला उनले व्यवसायीहरु सांसद बन्न पाउने अधिकार संविधानमै रहेको उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ