arrow

दार्चुलामा ३ किलो यार्सागुम्बासहित एक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १३ बुधबार
yarsha-pakrau.JPG

दार्चुला । दार्चुलामा ३ किलोग्राम यार्सागुम्बासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्याँस गाउँपालिका-३ सिनाका २४ वर्षीय ग्रेससिंह कुँवरलाई अवैध यार्सागुम्बासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार झोला बोकी हिँडिरहेका कुँवरमाथि प्रहरीलाई शङ्का लागेपछि चेकजाँच गर्दा उनको साथबाट उक्त परिमाणको अवैध यार्सागुम्बा बरामद गरिएको हो ।

यार्सागुम्बासहित कुँवरलाई आवश्यक कारबाहीका लागि बुधवार अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलालाई प्रहरीले जनाएको छ । कुँवरसँग यार्सा सङ्कलन पुर्जी  पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस वर्ष प्रहरीले एक भारतीयसहित तीन जनालाई अवैध यार्सागुम्बासहित पक्राउ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ