- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । एक राजाले एक जना साधुलाई एउटा लाठी दिएर भने, 'तपाई त संसारमा भ्रमण गरिरहनुहुन्छ, संसारमा जो सबैभन्दा मूर्ख मान्छे भेट्नु हुनेछ, उसलाई यो लाठी दिनुहोला।'
साधु त्यो लाठी लिएर बर्षौसम्म धेरै स्थानहरू भ्रमण गरिरहे। जब राजाको मृत्युको समय आयो, तब लाठी लिएर साधु राजाकोमा पुगे अनि राजलाई सोध्छन्, 'भन्नुहोस् राजन! जाती-कुशलै हुनुहुन्छ?'
राजाले भन्छन्, 'बस! अब मर्ने तयारीमा छ ।'
साधुले भन्छन्, 'अगाडिको लागि लावा-लस्कर, नोकर-चाकर पनि पठाउनुभयो होला? धन-सम्पत्ति पनि पठाउनुभयो होला? एक- दुई वटा महल, बाग-बगैँचा पनि वहाँ बनाउनभयो होला? सुन्दर रानीहरू र दासीहरू सेवा गर्नलाई पहिल्यै गई सके होलान्?'
राजाले लामो सास तानेर भन्छन्, 'साधु महाराज! अगाडि केही पठाएको छैन, न त कसैको साथमा यहाँबाट कनै चीज जान्छ । मेरोमा जे-जति पनि छ सबै यहीँ छोडेर मैले एकलै जानु पर्ने छ।'
तब साधुले राजाले दिएको लाठी राजालाई नै दिँदै भन्छन्, 'लिनुहोस्, यो आफ्नो लाठी सम्हाल्नुहोस् । मैले तपाईँभन्दा ठुलो मूर्ख व्यक्ति संसारमा अरू कोही भेटिन । जब तपाईँले यो जान्नुहुन्थ्यो कि यो महल, सुन्दर रानीहरू, धन-वैभव र सारा राज्य यहीँ छोड्नु पर्ने छ, तब लाखौँ निर्दोषहरूको खून बगाएर यो राज्य किन हासिल गर्नुभयो? भोगहरूमा फसेर ईश्वरलाई भल्नुभयो । तपाईँले यहाँको लागि त धन जम्मा गर्नभयो, तर परलोकको लागि केही पनि कमाई गर्नु भएन । अब तपाईँ स्वयं सोच्नुहोस्, के तपाईँभन्दा ठुलो मूर्ख संसारमा अरू कोही छ?'
संसार एक मानसरोवर समान छ। विषयी मनुष्यले बकुला जस्तो यसमा विषय रूपी भ्यागुतो र माछा खोज्छन् अनि हंसको (हाँस) खुराक मोती अर्थात् भगवान्को नाम हो। संसारमा प्रत्येक मनुष्यले सत्य असत्य के हो सर्वप्रथम त्यसलाई बुझ्नुपर्छ। किनभने सत्यलाई जानेन भने असत्यमा नै जीवन बितेर जाने छ।
सत्यलाई जानेर सत्यमा तपाईँले जे चाहनुहुन्छ, त्यही तपाइले पाउनु हुने छ । प्रह्लादले सत्यसँग प्रेम गरे, उनले भगवान्को साँचो नाम जपे, यस कारण जति उसलाई मार्न आगोमा हाले, तातो खाँबोमा बाँधे, तर उनको एउटा रौँ पनि डढेन। द्रौपदीको पाँच गजको साडी बढेर हजारौँ गज भएर थुप्रो लाग्यो ।
भगवान्को भक्ति गर्नाले सबै काम सजिलो हुन जान्छ। भक्तिको अधीन भएर भगवान्ले धन्नाजाट भक्तको गाई चराउन भयो । मानिसहरू भन्छन्, भगवान् विश्वासले मिल्छ। तर जस्तो विश्वास धन्ना भक्तले गरे, त्यस्तै विश्वास गर्नाले मात्र भगवान् मिल्छ । मानिसहरू ठुलो जाति, धन र विद्या-बुद्धिको बलमा भगवान्लाई पाउन चाहन्छन्, तर भगवान् मिल्दैन।