arrow

महाकाली तर्ने क्रममा तुइनबाट नदीमा खसे जयसिंह धामी, एसएसबीले तुइन काटेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
tuin-mahakali.JPG

दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिका-२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्याँस गाउँपालिका वडा नम्बर २ मालका ३० वर्षीय जयसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दका अनुसार शुक्रवार बिहान ८ बजेतिर ६-७ जना जिल्ला सदरमुकामका लागि भारतको बाटो भएर आउने क्रममा धामी तुइनबाट खसेर बेपत्ता भएका हुन् । स्थानीयका अनुसार भारतीय सुरक्षा बल (एसएसबी) तुइन काट्न आउने क्रममा धामी तुइनको तारसँगै तानिएर महाकालीमा बेपत्ता भएका हुन् । 

‘तुइन तरेर ब्याँसका केही स्थानीय पारी पुगिसकेका थिए, धामी तुइन तर्दै गर्दा महाकालीमा बेपत्ता भएको एक स्थानीयले बताए ।’ एसएसबीले तुइन काटिदिएकाले ताक्लो सहित महाकाली नदीमा खसेको विक्रम रोङकलीले बताए । बेपत्ता धामीको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबिच ब्याँसका स्थानीयले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई घटनाको सत्य तथ्य जाँच र पुल निर्माणमा भइरहेको ढिलाइबारे ज्ञापन दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ