arrow

दार्चुलामा एसएसबीले तुइन काटेको घटनाको वास्तविकता बाहिर ल्याउन काँग्रेसको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
nc-party-office.png

काठमाडौँ ।  दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलङ्गा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा बेपत्ता भएको घटनासँग सम्बन्धित प्रश्नप्रति नेपाली काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रवार विज्ञप्तl जारी गरी  घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन-दिलाउन सरकारसँग माग गरेका छन् । 

 स्थानीयका अनुसार भारतीय सुरक्षा बल (एसएसबी) तुइन काट्न आउने क्रममा जयसिंह धामी तुइनको तारसँगै तानिएर महाकालीमा बेपत्ता भएका हुन् ।  

'भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भए पश्चात् जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीय रूपमा गरेको थप सम्पर्क पश्चात् सोही विवरण केन्द्रमा प्राप्त भएको छ । नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक छ ' विज्ञप्तिमा उल्लेख छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ