arrow

कोरोनाको तेस्रो लहरको तयारीमा जुट्न गृहमन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १७ आइतबार
balkrishna-khad-corona.jpg

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले कोरोना नियन्त्रण चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै तेस्रो लहरको तयारीमा जुट्न सुरक्षा अङ्गसहित मातहतका निकायलाई निर्देशन दिएका छन् । 

गृह मन्त्रालयमा आइतबार बसेको बैठकमा गृह मन्त्री खाँडले कोरोना नियन्त्रणका लागि सबैको सहकार्य र समन्वय आवश्यक रहेको भन्दै तेस्रो लहरको तयारीमा जुट्न सुरक्षा निकायसहित मातहतका निकायलाई आग्रह गरेका हुन् । 

‘कोरोना नियन्त्रणको अवस्था चुनौतीपूर्ण छ, राज्यको मूल दायित्व कोरोना नियन्त्रण नै हो, सबैको सहकार्य र समन्वय भए नियन्त्रण गर्न सकिन्छ, तेस्रो लहरको तयारीमा सबै एक साथ जुटौँ,’ गृहमन्त्री खाँडले भने । 

गृहमन्त्री खाँडले कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयसँग समन्वय गर्नुपर्नेमा समेत जोड दिए । अन्य आवश्यक विषयमा समन्वय गर्ने काम गृह मन्त्रालयले गर्ने खाँडले भनेका छन् । उनले सीमामा कोरोना खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य राज्यमन्त्रीलाई आग्रहसमेत गरे । 

बैठकमा गृहमन्त्री खाँड, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ