arrow

चनौटेमा वैकल्पिक पुल हाल्न गृहमन्त्रीको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १७ आइतबार
balkrishna-khand.jpg

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको चनौटेमा वैकल्पिक पुन हाल्न निर्देशन दिएका छन् । 

आइतकार गृह मन्त्रालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाँणले नागरिकको जीवन रक्षा, उद्धार र राहतका लागि गृह मन्त्रालय प्रतिबद्ध रहेको भन्दै चनौटेमा वैकल्पिक पुल बनाएर आवागमन सहज बनाउन निर्देशन दिएका हुन् । 

सो स्थानमा रहेको पुल शनिवार राती बगाएको थियो । सो पुल बगाउँदा मेलम्ची र हेलम्बुबीचको सडक सम्बन्ध अवरुद्ध बनेको छ । 

बैठकमा समितिका अध्यक्षसमेत रहेका गृहमन्त्री खाँणलाई सुरक्षा अङ्गका प्रमुखहरूले शनिवार रातिको बाढीले सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा पुर्‍याएको क्षतिबारे जानकारी गराएका छन् । 

सो क्रममा गृहमन्त्री खाँणले तत्काल हेलम्बु गाउँपालिकाको चनौटे बजारमा बाढीले बगाएको पुलमा वैकल्पिक पुलको व्यवस्था गर्न भनेका हुन् । 

यसैगरी सो स्थानमा प्रभावितहरूका लागि सहज रूपमा खाद्यान्न र औषधिजन्य सामग्री ढुवानी गर्ने आवश्यक प्रबन्ध मिलाउन समेत उनले निर्देशन दिए । 

यसैगरी सडक आवागमन सहज बनाउन तीनै तहका सरकारी निकायबीच समन्वय गर्न पनि गृहमन्त्रीले निर्देशन दिएका छन् भने सडक पहुँच निर्माणका लागि आवश्यक बजेट व्यवस्थापनका लागि सहजीकरण गर्ने प्रतिवद्धतासमेत गृहमन्त्रीले व्यक्त गरेका छन् । 

यसैगरी देशभरका विभिन्न स्थानमा रहेका तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई पनि तीव्रता दिन गृहमन्त्रीले निर्देशन दिएका छन् । 

बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल ,मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी गृह प्रवक्ता फणीन्द्रमणि पोखरेल लगायतको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ