arrow

बाबुराम भट्टराईलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १७ आइतबार
baburam-karbahi.JPG

पर्सा । विश्व हिन्दु परिषद् नेपालले हिन्दु विरोधी अभिव्यक्ति दिएको भन्दै पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको कारबाहीको माग गरेको छ । परिषद्ले जिल्ला प्रशासन कार्यालय पर्सा र जनता समाजवादी पार्टी कार्यालय पर्सामा ज्ञापन पत्र बुझाएको छ ।

भट्टराईले सनातन हिन्दु धर्म विरुद्ध ट्विट गरेको विरोधमा विश्व हिन्दु परिषद् नेपाल आन्दोलित बन्दै भट्टराईलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । बहुसङ्ख्यक जनताहरूको आस्था एवं मनोभावना माथि ठाडो प्रहार गर्दै धार्मिक सांस्कृतिक परम्परा विरुद्ध अभद्र टिप्पणी गर्नु अक्षम्य, निन्दनीय एवं दुर्भाग्यपूर्ण रहेको ज्ञापनमा उल्लेख छ ।

परिषद्का जिल्ला अध्यक्ष ओम प्रकाश साह, सचिव कुन्दन श्रीवास्तव र महानगर अध्यक्ष बृजेश मल्लीकले प्रमुख जिल्ला अधिकारी र जसपालाई ज्ञापन पत्र बुझाउँदै, हिन्दु आस्था सँग खेलबाड गर्ने भट्टराईलाई कडा कारबाही नगरिए देश भरी नै आन्दोलन गर्ने चेतावनी दिए ।

परिषद्का जिल्ला अध्यक्ष ओम प्रकाश साहले जनता समाजवादी पार्टी हिन्दु विरोधी पार्टी रहेको आरोप समेत लगाए । भट्टराईले ट्विटको विरोधमा देश भरी पुत्ला दहन हुँदा समेत जसपा पार्टीले नदेखे जस्तो गर्नु नै हिन्दु विरोधी पार्टी रहेको प्रमाणित रहेको उनले बताए ।

उनले भने, भट्टराईले हिन्दु समाजसँग माफी समेत नमाग्नुले बहुसङ्ख्यक हिन्दुहरूको भावनालाई लत्त्याएको र हिन्दु मतको अपमान गरेकोले जसपा हिन्दु विरोधी पार्टी नै रहेको हाम्रो ठहर छ ।

बहुसङ्ख्यक हिन्दुहरू कै मत लिई अस्तित्वमा रहेको जसपाका डा. बाबुराम भट्टराई लगायतका नेताहरूले पटक पटक सनातन हिन्दु धर्म विरोधी एकत्व दिँदै आएका छन्, उनले भने, जसपाले ती नेताहरू विरुद्ध कुनै कारबाही नगर्नले जनता समाजवादी पार्टीको राजनैतिक चरित्रमाथि नै शङ्का उत्पन्न भएको छ ।

जसपा हिन्दु विरोधी पार्टी कै रूपमा प्रस्तुत भएको विश्व हिन्दु परिषद् नेपाल लगायत धार्मिक सङ्घ सङ्गठन तथा समाजले महसुस गर्न थालेको परिषद्का महानगर अध्यक्ष बृजेश मल्लीकले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ