arrow

तुइन प्रकरण : तीन भारतीय नागरिकले घटनाबारे बोलेको भन्दै एसएसबीद्वारा कारबाहीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २० बुधबार
tuhin-darchula-mahakali.jpg

दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तीन जना भारतीय नागरिकलाई कारबाहीको माग गरेको छ। साउन १५ गते दार्चुलाको व्याँस गाउँपालिका-२ का ३० वर्षीय जयसिंह धामी राप्लाको मालघाटबाट तुइन तर्ने क्रममा बेपत्ता हुनुमा एसएसबीको दोष रहेको भन्दै ती ३ जनाले दुष्प्रचार गरेको एसएसबीको आरोप छ।

भारतीय सञ्चार माध्यम हिन्दुस्तान दैनिकका अनुसार पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत पाङला क्षेत्रको गस्कु जयकोटका ३ जना भारतीय नागरिकविरुद्ध एसएसबीले उत्तराखण्ड प्रहरीमा उजुरी दिएको हो। ती तीन जना ट्याक्सी चालक रहेको पत्रिकाले जनाएको छ। गस्कु जयकोट क्षेत्र नेपालको व्यास गाउँपालिकाको वडा नम्बर २ राप्लाको मालघाट तुइनले जोडिएको छ।

सोमबार प्रकाशित समाचारमा एसएसबीको ११औँ बाहिनीले पिथौरागढ जिल्लाका प्रहरी प्रमुख एसपी लाई तीन भारतीय गाडी चालकविरुद्ध कारबाही गर्न पत्राचार गरेको लेखिएको छ। साउन १५ गतेको घटना अघिसम्म तीनै जनाले अवैध रूपमा तुइनमार्फत नेपाली नागरिकलाई तार्ने गरेको आरोप एसएसबीले लगाएको छ। यसअघि पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरूपले उक्त घटनामा एसएसबीको संलग्नता नरहेको बताएका थिए ।

साउन १६ गते दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई जबाफ पठाउँदै पिथौरागढका जिल्ला अधिकारीले भारतीय सुरक्षा बल एसएसबीको घटनामा कुनै संलग्नता नरहेको भन्दै जवाफ पठाइएको हुन्। तर उक्त घटनाका प्रत्यक्षदर्शी तथा स्थानीय भने एसएसबीले तुइन फुकाएकै कारण जयसिंह महाकालीमा बेपत्ता भएको दाबी गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ