- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कावासोती । केटा साथीसँग लजमा गएकी १७ वर्षीय किशोरीको मृत्युको घटना बलात्कारपछि हत्या भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।
पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नं १२ की १७ वर्षीय किशोरीलाई पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-६, त्रिवेणीमा रहेको होटेल शाही प्यालेसमा लगेर बलात्कार पछि हत्या गरेको भन्दै किशोरीका बाबुले होटलमा लैजाने १७ वर्षीय किशोरको विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्रामा उजुरी दर्ता गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीले बताए ।
गत साउन २२ गते बलात्कार र हत्याका आरोपित किशोरले १७ वर्षीय किशोरीलाई त्रिवेणीमा रहेको होटेल शाही प्यालेसमा लिएर गएको केही बेरमा किशोरीको स्वास्थ्यमा समस्या आएको भन्दै सहिद स्मृति अस्पताल चौपत्ता पुर्याएका थिए ।
अस्पताल पुर्याएको केही समयमै अस्पतालले किशोरीलाई मृत घोषणा गरेको थियो । किशोरीको मृत्यु लगत्तै फरार भएका किशोरलाई अझै पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।
मृतक किशोरीका बुबाले पश्चिम नवलपरासी प्रहरीमा दिएको उजुरी आफुहरुकोमा आएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीले बताए ।
गिरीका अनुसार मृत किशोरीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको र शव परिवारलाई हस्तान्तरण गरिएको छ । प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान हत्या भएकै दिनबाट सुरु गरेको, होटेल सञ्चालक तथा फरार किशोरका साथीहरू र किशोरले प्रयोग गरेको मोटरसाइकल धनीसँग यस अघि नै सोधपुछ गरिएको र पोस्टमार्टम रिपोर्ट आए पछि थप कुराहरू बताउन सकिने गिरीले बताए ।
(मृतक र आरोपित दुवै किशोर किशोरी भएकाले नाम उल्लेख गरिएको छैन ।)